शुक्रबार, जेष्ठ ६, २०७९ | Friday 20th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन्
समाचार

अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन्

  • सिधा दृष्टी आइतवार, चैत्र २७, २०७८ | April 10, 2022

काठमाडौँ — अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । अल्पमतमा परेपछि खानले गरेको संसद विघटनलाई अदालतले पुनस्थापना गरिदिएको थियो । त्यसपछि गएराति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा

भोटिङ भएको थियो ।

पाकिस्तानको नेश्नल एसेम्बलीमा ३४२ सदस्य हुन्छन् । विपक्षी दलहरुले १७२ सिट मात्रै पुर्याए पनि अविश्वास प्रस्ताव पास हुन्थ्यो । तर अविश्वासको प्रस्तावमा १७४ मत पर्यो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय