काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विवाह गर्दा साइकलमा नै दुलही भित्र्याएको बताएका छन् । चितवनमा आयोजित प्रज्ञा स्मृति साइक्लिङ म्याराथन २०२२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो परिवार र चितवनका लागि साइकलको छुट्टै महत्त्व रहेको बताएका हुन् ।
उनले भने, ‘सबैभन्दा बढी साइकल चढ्ने जिल्ला चितवन हो । चितवनमा यस्तो समय थियो हरेक काम साइकलबाट हुन्थ्यो । मेरो विवाह हुँदा मैले साइकलमा दुलही लिएर फर्किएको हुँ । दाउरा काट्न पनि