बिहिबार, अशोज २०, २०७९ | Thursday 6th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
समाचार

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

  • सिधा दृष्टी शनिबार, चैत्र २६, २०७८ | April 9, 2022

काठमाडौँ — इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताए । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय