बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने : शशांक कोइराला
समाचार

कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने : शशांक कोइराला

  • सिधा दृष्टी शनिबार, चैत्र २६, २०७८ | April 9, 2022

काठमाडौँ — शशांक कोइरालाले आउँदो निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । शनिबार नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि एक्लै प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिए । सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल नभए नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच सहकार्य हुन सक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता स्वाभाविक रहेको उनले बताए । उनले मुलुकको निर्वाचन खर्च महँगो हुँदै गएको पनि बताए ।

यसअघि आफ्नो चुनावी खर्च नै ६

करोड रुपैयाँ भएको भन्दै खर्च घट्नुपर्ने मान्यता रहेको धारणा राखे । अब निर्वाचन जित्न कम्तीमा छ-सात करोड खर्च गर्नुपर्ने देखिएकाले आफ्नो क्षेत्र नवलपरासीमा कांग्रेसका अरू कसैले निर्वाचन लड्न चाहेमा छाड्न तयार रहेको उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय