तेह्रथुम- तेह्रथुममा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। त्यस्तै तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा आठराई गाउँपालिका-६ चुहानडाँडास्थित फुङसिङस्थित १० वर्षीया बालिका मिना कन्दङवा रहेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिएका छन्।
शुक्रबार अपरान्ह साढे ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेकी बालिकालाई उपचारका लागि पाँचथर सदरमकाम फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ।
प्रहरी निरीक्षक थान्दारका अनुसार चट्याङ चट्याङबाट वर्ष ५१ का दिलकुमार थोप्रा लिम्बू, वर्ष ३५ की ललिता थोप्रा लिम्बू र
वर्ष ३७ का सुक्रराज थोप्रा लिम्बघाइते भएका छन्। उनीहरूको हाल जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जनाइएको छ।