शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु
समाचार

मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु

  • सिधा दृष्टी शनिबार, चैत्र २६, २०७८ | April 9, 2022

तनहुँ- तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।

शुक्रबार दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु७०प १७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा देउरालीका ६२ वर्षीय नन्दगोपाल कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागी दमौलीस्थित रत्नहरी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागी मणीपाल शिक्षण अस्पताल पोखरामा पठाइएको थियो।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक पाल्पा रामपुर-४ का ३८ वर्षीय जुबेर अहमद

मियालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय