काठमाडौं- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई पराजित गरेको छ।
गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १-० गोलले पराजित गरेको हो।
न्युकासलका क्रिस उडले खेलको ७२औं मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो। जितसँगै न्युकासलले ३१ खेलमा ३४ अङ्क जोडेको छ। न्युकासल १४औं स्थानमा छ। उल्भ्सको ३२ खेलमा ४९ अङ्क छ। उल्भ्स आठौं स्थानमा छ।
इङ्ग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन्। आज एभर्टन र म्यानचेस्टर युनाइटेड, वार्टफोर्ड र लिड्स युनाइटेड, साउथह्याम्टन र चेल्सी, आर्सनल र ब्राइटन तथा एस्टन भिल्ला
र टोटनह्याम खेल्दैछन्।