मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताए
समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताए

  • सिधा दृष्टी शुक्रबार, चैत्र २५, २०७८ | April 8, 2022

काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताएका छन् । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताएका हुन् । उनले भने, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पठाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खोल्नु पर्ने हो । तर त्यसलाई रोक्न लागेका छन् ।

विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वीकृत दिएको छैन ।’ अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको बताए । उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ,हस्पिटल खोल्ने सुत्दिम त नखाई बस्दिम् त भनेपछि सरकार थरर । एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय