आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • कामीरिता शेर्पा सर्वोच्च शिखर सगरमाथामा २६ औं पटक आरोहणको लागि जाने भएका छन्
पर्यटन

कामीरिता शेर्पा सर्वोच्च शिखर सगरमाथामा २६ औं पटक आरोहणको लागि जाने भएका छन्

  • सिधा दृष्टी शुक्रबार, चैत्र २५, २०७८ | April 8, 2022

काठमाडौँ — सोलुखुम्बुको खुम्बु पासाङल्हामु–५ थामेका कामीरिता शेर्पा सर्वोच्च शिखर सगरमाथामा २६ औं पटक आरोहणको लागि जाने भएका छन् ।

५२ वर्षीय शेर्पाले २५ औं पटकको आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्ने भएका छन्  । २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न उनी आइतबार काठमाडौँबाट जहाजमा लुक्ला प्रस्थान गर्दै छन् ।

विगत ३० वर्षदेखि हिमाल आरोहणमा आबद्ध कामीरिता यसपटक पनि विगतझैं आरोहीका लागि बाटो बनाउने जिम्मेवारीमा छन् । दोस्रो शिविरमाथिदेखि चुचुरोसम्म उनले करिब १३ हजार मिटर डोरी कतै दोहोरो

त कतै एकसरो टाँगेर बाटो बनाइदिनुपर्नेछ ।

समुद्री सतहदेखि ५३ सय मिटर उचाइमा रहेको सगरमाथाको आधारशिविरदेखि ६४ सय मिटर उचाइमा रहेको दोस्रो शिविरसम्म डोरी टाग्ने र हिमखाडलमा भर्‍याङ राख्ने काम ‘सगरमाथा प्रदूषण नियन्त्रण समिति’ ले गर्छ ।

त्यसभन्दा माथि उकालोमा डोरीमात्रै टाँग्ने जिम्मा हरेक सिजनमा आरोहण गराउने कम्पनीको साझा संस्था एक्सपिडिसन अपरेटर्स एसोसिएसनले लिन्छ । एसोसिएसनका तर्फबाट दोस्रो शिविरदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने कामको नेतृत्व सम्हाल्दै आएका छन् ।

कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो
स्थानमा उनकै जिल्लावासी पादावा शेर्पा छन् । पासाङदावा पनि भनिने उनी २३ पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय