काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा धमला टेलिभिजनको क्यामरासहित जहाजभित्रै पसेर प्रतक्ष प्रसाण गरेका थिए । धमलाको यस्तो कार्यलाई लिएर प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले समेत विरोध गरेको छ । सामाजिक सञ्जालमा समेत यसलाई लिएर तीव्र बहस भइरहेको छ । यसैबीच, धमला पत्नी तथा अभिनेत्री एलिजा गौतम पतिको बचाउमा उत्रिएकी छन् । फेसबुकमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जहाजभित्र पत्रकारलाई अन्तर्वार्ता दिंदै गरेको तस्वीर सेयर गर्दै उनले धमलाको प्रतिरक्षा गरेकी हुन् ।
एलिजा
लेख्छिन्,
केही कुरा भन्न मन लाग्यो— पाईलटको हैन देशको प्रधानमन्त्रीको लिन खोजेको हो। प्रधानमन्त्री ककपिटमा बस्दैनन्, बिजनेश क्लासमा बस्छन् । हवाई यात्रमा रहेका राष्ट्रपती, प्रधानमन्त्री संग हवाई जहाज भित्रै पत्रकारले अन्तरवार्ता लिनु, लिन खोज्नु अन्तराष्ट्रिय प्रचलन हो । बाराक ओबामा, ट्रम्प देखी मोदी सम्मका नेतृत्वहरुले बिजनेश क्लासमा बसेर मज्जा संग मिडीया संग कुराकानी गरेका थिए , अझै पनि गरिरहन्छन् । पत्रकार ऋिषी धमलाले सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाको अन्तर्वार्ता जहाज भित्रै बिजनेश क्लासमा बसेर लिने प्रयास गरेका थिए। जुन दिन चाहने सबै पत्रकारको लागी प्रयासरत हुनुपर्ने गुण हो । जहाज भित्र ईन्टरभ्यू लिने, दिने सायद नेपालको लागी नैलो देखिएको होला। तर संसारको लागी नौलौ चांहि हैन ।