काठमाडौँ — काठमाडौंको कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुर्वनारायण मानन्धरका अनुसार गए राति मूर्ति चोरी भएको हो । मूर्ति चोरिएकोबारे प्रहरीलाई जानकारी गराइएको छ । वडाध्यक्ष मानन्धारले ढुंगाको उक्त मूर्ति करिब दुई सय वर्ष पुरानो भएको जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार मूर्ति चोरी भएको खबरपछि खोजी गर्ने काम सुरू गरिएको छ । मन्दिर जीर्ण भएपछि मूर्ति बाहिर राखिएको रहेछ । हराएको भन्ने खबर आएपछि
टोली खटिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाउको छ ।