काठमाडौँ — आज काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताउनु भएको हो ।
उहाँले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पार्नु भयो । टेलिकमले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने भएको छ ।