शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीले ताइवानको यात्रा गरिन् भने आफूले कडा कदम चाल्ने चेतावनी
समाचार

चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीले ताइवानको यात्रा गरिन् भने आफूले कडा कदम चाल्ने चेतावनी

  • सिधा दृष्टी बिहिबार, चैत्र २४, २०७८ | April 7, 2022

काठमाडौँ — चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीले ताइवानको यात्रा गरिन् भने आफूले कडा कदम चाल्ने चेतावनी दिएको छ । मिडियामा नेन्सी पलोसी ताइवानको यात्रा गर्न लागेको खबर आइरहेको छ । चीनमा विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनले ताइवान र अमेरिकाका बीच कुनै पनि आधिकारिक सम्पर्कको विरोध गर्छ र अमेरिकाको नेन्सी पोलिसीको यात्रा रद्द गर्नुपर्ने बताएको छ ।

चीनले एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा ठान्छ जबकी ताइवान आफूलाई एक स्वतन्त्र देश मान्छ र त्यहाँ जनताले छानेको सरकार पनि छ

। जाओ लिजियानले भने, ‘यदि नेन्सी पेलोसीले ताइवानको यात्रा गरिन् भने यसको नतिजा अमेरिकाले भोग्नुपर्नेछ । ’ यद्यपि, उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् । सन् १९९७ मा अन्तिम पटक अमेरिकी संसदका कुनै सभामुखले ताइवानको यात्रा गरेका थिए । नेन्सी पलोसी चीनको कडा आलोचक हुन् र थुप्रै मौकामा उनले मानवाधिकार उल्लंघनको आरोप लगाएकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय