मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • भरतपुर महानगरपालिका अरू दललाई छाड्न नसकिने बताएका: वरिष्ठ नेता रामचन्द्र पौडेल
मुख्य खबर

भरतपुर महानगरपालिका अरू दललाई छाड्न नसकिने बताएका: वरिष्ठ नेता रामचन्द्र पौडेल

  • सिधा दृष्टी बिहिबार, चैत्र २४, २०७८ | April 7, 2022

काठमाडौँ — नेपाली कांग्रेस चितवनका नेताहरूले बिहीबार नेता रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । पार्टीको १४औँ महाधिवेशनअघि चितवनको भरतपुरमै पुगेर गठबन्धनले पार्टी सकिने भन्दै गरेको भाषण सम्झाउँदै उनीहरूले भरतपुर महानगरपालिका अरू दललाई छाड्न नसकिने बताएका हुन् । विगतमा गठबन्धनविरुद्ध भाषण गरेका पौडेल अहिले गठबन्धनको मोडालिटी बनाउने दलीय संयन्त्रका संयोजक छन् । “हामीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिका अरूलाई दिन सकिँदैन भनेर स्पष्ट धारणासहित लिखित ज्ञापनपत्र बुझाएका छौँ,” चितवनबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले बाह्रखरीसँग भने, “विगतमा

हाम्रो इलाका अरूलाई दिँदा त्यसको असर देशभर परेको थियो ।

अहिले त्यस्तो नहोस् भनेर समयमै जानकारी गराएका छौँ । चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य कोइरालासँगै टेकप्रसाद गुरुङ, वर्तमान तथा पूर्वजिल्लासभापति पनि पौडेल निवासमा पुगेका थिए । जवाफ पौडेलले यही कुरा सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बताउन आग्रह गरेका थिए । “म तपाईंहरूको भावनासँग सहमत छु । तर, यही कुरा तपाईंहरूले सभापति शेरबहादुर देउवा र प्रचण्डजीसँग पनि राख्नुहोस्,” पौडेलको भनाइ उद्धृत गर्दै कोइरालले भने, “गठबन्धन पनि र भरतपुर पनि जोगाउन सबैको पहल आवश्यक छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय