शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • १० वर्षका हराएका छोरा जितेन्द्र ठाकुर शव छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो
समाचार

१० वर्षका हराएका छोरा जितेन्द्र ठाकुर शव छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो

  • सिधा दृष्टी बिहिबार, चैत्र २४, २०७८ | April 7, 2022

काठमाडौँ — सर्लाहीको गम्हरिया मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव बिहीबार बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको छ । आइतबार गाउँमा न्वारनको भोज खान गएका मिठु घर नफर्किएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशलाई पक्राउ गरेको थियो ।

बयानमा जगदीशले बालकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले मिठुको शव बरामद गरेर प्रादेशिक अस्पताल मलंगवा ल्याएको छ ।जिल्ला प्रहरी कार्यालयले

दोषी पक्राउ गरिसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय