शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुनको मूल्य प्रतितोला ५०० र चाँदीको १० रूपैयाँ बढेको छ
समाचार

सुनको मूल्य प्रतितोला ५०० र चाँदीको १० रूपैयाँ बढेको छ

  • सिधा दृष्टी बिहिबार, चैत्र २४, २०७८ | April 7, 2022

काठमाडौँ — नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५०० र चाँदीको १० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ तोकिएको छ । बुधवार प्रतितोला ९८ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै‚ बिहीवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रूपैयाँ कायम गरिएको छ। अघिल्लो दिन ९८ हजार रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका

तुलनामा प्रतितोला १० रूपैयाँले बढेको छ । बुधवार एक हजार ३३५ रूपैयाँमा करोबार भएको चाँदीको मूल्य बिहीवार एक हजार ३४५ रूपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय