बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ
समाचार

स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ

  • सिधा दृष्टी बिहिबार, चैत्र २४, २०७८ | April 7, 2022

काठमाडौँ — निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ ।

आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) देखि नै हटाइएको हो ।

उनीहरूको ठाउँमा अन्यलाई निर्वाचन अधिकृतका रूपमा नियुक्ति दिइएको सूची आयोगले प्रकाशन गरेको छ । नियुक्त नयाँ निर्वाचन अधिकृतलाई यही चैत २९ गतेभित्र तोकिएका

स्थानमा हाजिर हुन आयोगले निर्देशन पनि दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय