मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
समाचार

गोली प्रहार गरी एक युवकको हत्या

  • सिधा दृष्टी बिहिबार, चैत्र २४, २०७८ | April 7, 2022

काठमाडौँ – सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

बुधबार साँझ करिब ७ बजे मलंगवा नगरपालिका–९ रिङरोडमा मोटरसाइकलमा सवार भारतीय नागरिक ३५ वर्षीय इन्दल महतोलाई गोली प्रहरी गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका जनाएको छ ।

कृष्णामति माविको पूर्वी कम्पाउण्ड र रिङरोडभित्र एउटै मोटरसाइकलमा चढेर आएको तीनजनाले महतोमाथि गोली प्रहार भएको प्रत्यदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । महतो भारतको विशनपुर गाउँका रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । उक्त गाउँ मलंगवाबाट सात

किलोमिटर दक्षीण पर्छ ।

महतोको दाहिने पाखुरा, बायाँ कुहिना र दायाँ कोखामा चोट देखिए पनि कति ठाउँमा गोली लागेको भन्ने यकिन विवरण पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने प्रहरी जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका महतोलाई सशस्त्र प्रहरी बेस क्याम्प मलंगवाको टोलीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगेको थियो। अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।

प्रहरीका अनुसार महतो भारतमा अपराध गरी फरार अभियुक्तको सूचीमा रहेका थिए। उनी मलंगवामा रहेको ससुरालीमा ६ महिनादेखि लुकेर बसेको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरी स्रोतले बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय