काठमाडौँ — नेकपा एमालेनिकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ । टिकटक भिडिओ प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ । सर्कलका प्रमुख मदन भण्डारीका अनुसार प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार पचास हजार र तृतीय पुरस्कार २५ हजार घोषणा गरिएको छ ।
भिडिओका लागि केही सर्तहरू पनि तोकिएका छन् । भिडिओ चैत २१ देखि २०७९
वैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने सर्त राखिएको छ । यस्तै, भिडिओ व्यक्तिगत रूपमा सिर्जना गर्नुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने, भिडिओ दुई मिनेटको हुनुपर्नेलगायत सर्त राखिएको छ । साइबर सर्कलका कार्यालय सचिव परशु सुवेदीका अनुसार पार्टीको प्रचार प्रसार र चुनावलक्षित कार्यक्रमअनुसार यो प्रतियोगिता आयोजना गरिएको हो ।