बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको ज्यान गएको छ
समाचार

छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको ज्यान गएको छ

  • सिधा दृष्टी बुधबार, चैत्र २३, २०७८ | April 6, 2022

काठमाडौं- छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको ज्यान गएको छ। अछाम पञ्चदेवल बिनायक नगरपालिका-९ भानाकोटस्थित कर्णाली नदीको किनारमा कालिकोट नरहरीनाथ गाउँपालिका-८ बल्देगाउँ बस्ने ४१ वर्षीय पूर्ण बहादुर बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन्।

गत सोमबार कर्णाली नदीमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लएर नदीले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो।

यस्तै महोत्तरी महोत्तरी गाउँपालिका-२ अनैठा बस्ने अकबर राईन कवारीका छोरा १२ वर्षीय सहजात राईनको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय