काठमाडौं- फ्रान्समा कोरोना संक्रमित तीब्र बन्दै गएको छ। त्यहाँ दैनिक दुई लाखको हाराहारीमा संक्रमित थपिरहेका छन्।
पछिल्लो २४ घण्टामा मात्रै फ्रान्समा दुई लाख तीन हजार २१ जना नयाँ संक्रमित थपिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गर्दा फ्रान्समा संक्रमण तीब्र बन्दै गइरहेको हो।
फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने छ। स्वास्थ्य अधिकारीका अनुसार फ्रान्समा अहिले दुई लाख तीन हजार १० जना संक्रमित अस्पतालमा उपचाररत छन्। तीमध्ये एक हजार ५५२ जनाको