मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकी विदेशमन्त्री एन्टोनी बिन्केनले युक्रेनलाई थप १० करोड डलर सहयोग घोषणा गरेका छन्
समाचार

अमेरिकी विदेशमन्त्री एन्टोनी बिन्केनले युक्रेनलाई थप १० करोड डलर सहयोग घोषणा गरेका छन्

  • सिधा दृष्टी बुधबार, चैत्र २३, २०७८ | April 6, 2022

काठमाडौँ — अमेरिकी विदेशमन्त्री एन्टोनी बिन्केनले युक्रेनलाई थप १० करोड डलर सहयोग घोषणा गरेका छन् ।

रुसले युक्रेनमा गरेको बर्बरताको समाचार आएसँगै अमेरिकाले थप सहयोग घोषणा गरेको हो । एक विज्ञप्ति जारी गर्दै ब्लिन्केनले भने, ‘युक्रेनको अतिरिक्त एन्टी–आर्मर सिस्टमको तत्काल आवश्यकता देख्दै अमेरिकाले १० करोड डलरसम्मको सुरक्षा सहायता दिने निर्णय गरेको छ ।’

त्यस्तै चेक रिपब्लिकले पनि युक्रेनलाई युद्धको लागि हतियार पठाउने भएको छ । चेक रिपब्लिक रुससँग लडिरहेको युक्रेनलाई हतियार सहयोग गर्ने पहिलो युरोपेली मुलुक बनेको छ । वरिष्ठ

चेक अधिकारीले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा युक्रेनलाई सोभियत निर्मित टी–७२ ट्यांक र बीभीपी–१ वाहन युक्रेन पठाएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय