शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि जित निकालेको छ
समाचार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि जित निकालेको छ

  • सिधा दृष्टी बुधबार, चैत्र २३, २०७८ | April 6, 2022

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि जित निकालेको छ। वांखडे रंगशालामा मंगलबार राति सम्पन्न भएको खेलमा बैंगलोरले राजस्थानमाथि चार विकेटको जित निकालेको हो।

पहिले ब्याटिङ गरेको राजस्थानले पुरा ओभर खेल्दै तीन विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा पाँच बल बाँकी रहँदै बैगलोरले १७० रनको लक्ष्य १७३ रन बनाएर पुरा गरेको थियो।

जारी आईपीएलमा बैंगलोरले निकालेको यो दोस्रो जितसमेत हो। यता सुरुका दुवै खेलमा जित निकालेर शीर्षस्थानमा रहेको राजस्थानले भने तेस्रो खेलमा पहिलो हार बेहोरेको

हो। अब आईपीएलमा समान ४,४ अंक बनाउने टिमको संख्या छ पुगेको छ। त्यस्तै, दिल्ली क्यापिटलको दुई अंक छ भने चेन्नई र हैदराबादले खाता खोल्न सकेका छैनन्।

गएराति बैंगलोरलाई जित दिलाउन सहबाज अहमदले ४५ र दिनेश कात्र्तिकले ४४ रनको योगदान दिए, विराट कोहली डेविड विले भने क्रमशः ० र ५ रनमा आउट भएका थिए।

त्यसक्रममा राजस्थानका ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले समान २–२ विकेट लिए।

त्यसअघि राजस्थानका जस बटलरले ७० रन बनाएका थिए भने देवदत्त पडिक्कलले ३७ रनको योगदान दिए। बैंगलोरका डेविड विले, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १,१ विकेट गिराए।

आज रातिको आईपीएलमा कोलकत्ता नाइट राइडर्स र मुम्बई इन्डियन्स भिड्दैछन्। आईपीएलमा कोलकत्ताले तीन खेलबाट चार अंक बनाएको छ भने दुई खेलमा सहभागिता जनाएको मुम्बईको शून्य अंक छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय