शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • पोखराको फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ
पर्यटन

पोखराको फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ

  • सिधा दृष्टी बुधबार, चैत्र २३, २०७८ | April 6, 2022

कास्की- कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ।

होटल संघ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो।

‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारासहित संघले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएकामा अघिल्ला दुई वर्षमा कोरोनाका कारण हुन सकेको थिएन।

यस वर्ष पुनः निरन्तरता दिइएको संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताए।

नयाँपनका साथ तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन हुनेछ। भूकम्प, नाकाबन्दी र पछिल्लो समय कोरोनाका कारण पर्यटकीय चहलपहल न्यून रहेकामा महोत्सवले केही हदसम्म राहत पुग्ने विश्वास गरिएको छ। अध्यक्ष सुवेदी भन्छन्, ‘महोत्सवले मौलिक संस्कृतिको संरक्षण गर्ने छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय