शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अभिनेता पल शाहको थुनछेक बहस आज हुँदैछ
समाचार

अभिनेता पल शाहको थुनछेक बहस आज हुँदैछ

  • सिधा दृष्टी बुधबार, चैत्र २३, २०७८ | April 6, 2022

काठमाडौँ — नावालिगलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको थुनछेक बहस आज हुँदैछ । जिल्ला अदालत नवलपुरमा आज शाहविरुद्धको मुद्दामा थुनछेक बहस हुन लागेको हो ।

त्यसका लागि मंगलबारै शाहलाई तनहुँ हिरासतबाट नवलपुर लगिएको थियो । शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मंगलबार नवलपुरका जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको थियो ।

आज नवलपुरमा सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्ने

तयारी गरेका छन् । हिजो अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिए ।

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा शाहविरुद्ध नवलपुरमा चैत ३ गते जबर्जस्ती करणी मुद्दा दायर भएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुर र तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय