बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारी टोलीबीच भेटवार्ता
समाचार

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारी टोलीबीच भेटवार्ता

  • सिधा दृष्टी बुधबार, चैत्र २३, २०७८ | April 6, 2022

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारी टोलीबीच भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटमा तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । भेटमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, गृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो ।

भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको भन्दै रोष प्रकट गरेका थिए । उनले नेकपाका नेता कार्यकर्ता रिहा

नभएकोले एक हप्ताभित्र सबै बन्दीलाई रिहा गर्नुपर्ने र नेकपाका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा यथाशक्य छिटो खारेज गर्नु पर्ने बताएका थिए ।

सरकारी टोलीले तीन बुँदे कार्यान्वयनमा सरकार इमान्दार भएको जवाफ दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय