काठमाडौं, चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरीज्युको प्रमुख आतिथ्यतामा च न पा ८ मा चन्द्रागिरि नगरपालिकाको आयुर्वेद औषधालय 'मातातिर्थ आयुर्वेद औषधालय' को नव निर्मित भवन को उद्घाटन तथा सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको सभापतित्व सो वडाका वडाध्यक्ष तथा सामाजिक बिकास संयोजक सन्तोष खड्काज्युले गर्नुभएको थियो।
उक्त कार्यक्रममा नगर उप प्रमुखज्यु, नगर प्रबक्ताज्यु, आयुर्वेद बिज्ञ, विभिन्न शाखा प्रमुखज्युहरु तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुखज्युले यस संगै
नगरपालिकामा वडा ६,८ र १२ गरि ३ स्थानबाट आयुर्वेदिक सेवा प्रदान हुने कुरा जानकारी गराउनु भयो। साथै नगरपालिकामा आयुर्वेद सम्बन्धि उत्पादन र बजारीकरण कार्यमा पनि नगरपालिकले पहली कदम चाल्ने र सबै वडामा सेवा बिस्तार गरिने कुरा पनि जानकारी गराउनु भयो। जर्मन विकास बैंकको सहयोगमा १ अर्बको प्रसुति विषेशज्ञ अस्पतालको पनि सम्झौता भइसकेको, २४सै घन्टाको आकस्मिक सेवा सहितको नगर अस्पताल च न पा ४ मा संचालनमा रहेको र लगभग सबै वडाको स्वास्थ्य चौकीहरु ल्याब सेवा सहित स्तरोन्नति भैसकेकोले यस नगरपालिका निकट भविष्यमा मेडिकल हबको रूपमा प्रस्तुत हुने कुरा पनि नगर प्रमुखज्युले बताउनु भयो।