काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलमार्ग बनाउन सकिने बताएका छन् । आज काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले रेलमार्गमा लगानी गर्ने हो भने नेपालीहरू झन् समस्यामा पर्न सक्ने बताए । उनले व्यापार घाटा बढ्दो रहेकोले अहिलेकै अवस्थामा रेलमार्ग बनाउन गाह्रो हुने बताएका हुन् ।
‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ। तर धेरै खर्च लाग्न सक्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन