शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहा औरही गाउँपालिकाका आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरे
समाचार

विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहा औरही गाउँपालिकाका आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरे

  • सिधा दृष्टी मङ्लबार, चैत्र २२, २०७८ | April 5, 2022

काठमाडौँ — विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहा औरही गाउँपालिकाका आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको नेतृत्वमा गएको टोलीले सो स्कुलका प्रधानाध्यापक उमेन्द्रकुमार यादवलाई पक्राउ गरेको छ । निर्वाचन सम्बन्धी अनुगमनमा गएको बेला विद्यालयमा विद्यार्थीहरूलाई बिस्कुट र चाउचाउ खुवाएको देखेपछि बुझ्न जाँदा अनियमितता गरेको फेला परेको प्रजिअ कवारीले बताए ।

दिवा खाजाका लागि सरकारले रकम दिएको तर विद्यालयले विद्यार्थीलाई चाउचाउ र बिस्कुट खुवाएर अनियमितता गरेको उनले बताए । उनले भने,

‘हेडमास्टरलाई समातेर ल्याएका छौँ, अहिले उहाँलाई प्रहरी चौकीमा राखिएको छ, स्कूलका अध्यक्षलाई दिवा खाजाको सबै हिसाब किताब लिएर आउन भनेका छौँ । सबै कागजात आएपछि छानबिन गरेर मात्र उहाँलाई छाडिनेछ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय