काठमाडौँ — आज बिहान नौ बजेबाट शुरु गर्ने भनिएको मतगणना कार्य केही ढिला गरी पौने १० बजेबाट सर्वोच्च अदालत परिसरमा शुरु भएको हो । सर्वोच्च अदालत परिसरमा विभिन्न ६ ठाउँमा मतगणना कार्य शुरु भएको निर्वाचन अधिकृत सानुराज पोखरेलले बताउनु भयो ।
उहाँले सर्वोच्च अदालतको १ नम्बर हलमा सर्वोच्च अदालतको मतगणना गर्ने कार्य प्रारम्भ भएको छ भने नम्बरमा वीरगञ्ज, पर्सा मतदान केन्द्रको मतपत्रहरुको मतगणना गरिएको बताउनु भयो । निर्वाचन अधिकृत पोखरेलले अबको केही समयपछि मतगणनाको शुरुवाती नतिजा प्रकाशन गर्ने पनि बताउनु
भयो ।