काठमाडौँ — मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशनमा बोल्दै उपराष्ट्रपति पुनले बाह्यमुलुकबाट आयात गरी व्यवसाय गर्नेतर्फ नभई स्वेदेशमै उत्पादन बढाउने किसिमको व्यवसाय गर्न आग्रह गरेका हुन् । निर्यात कम हुने र आयात धेरै हुँदा अर्थतन्त्रलाई नकारात्मक असर गरेको भन्दै उहाँले उत्पादनमूलक व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो ।
उपराष्ट्रपति पुनले केही पूँजीपतिहरु आफ्नो पूँजी बाहिर लैजान खोजेको भन्ने आफूले सुनेको भन्दै उहाँले नेपालमै लगानी गर्न आग्रह समेत गर्नुभयो । आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्ने उहाको धाराणा थियो
।