शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तत्काल उम्मेदवारको टुंगो नलगाउन कांग्रेसको सर्कुलर जारी
समाचार

तत्काल उम्मेदवारको टुंगो नलगाउन कांग्रेसको सर्कुलर जारी

  • सिधा दृष्टी मङ्लबार, चैत्र २२, २०७८ | April 5, 2022

काठमाडौँ — सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारी अघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको छ । केन्द्रीय समितिले यसअघि त्यस्ता उम्मेदवारको नाम सिफारिस गर्न र यथासक्य उम्मेदवारको टुंगो लगाउन सर्कुलर गरेको थियो । तर, सत्तारुढ दलहरूसँग गठबन्धनको सम्भावना बढेपछि तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरिएको हो

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ । विधानअनुसार कांग्रेसले मनोनयन गर्नुभन्दा एक महिना अगावै उम्मेदवारको टुंगो लगाइसक्नुपर्ने थियो । तर, यसअघि

वैशाख १ गतेसम्ममा उम्मेदवारको टुंगो लगाइसक्न निर्देशन गरेपनि फेरि तत्काल त्यो प्रक्रियालाई स्थगित गर्न निर्देशन गरेको हो ।

विधानअनुसार वडाअध्यक्ष र सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला संसदीय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिहरूले टुंगो लगाउने व्यवस्था छ । त्यसका लागि सम्बन्धित तहको कार्यसमितिले हरेक पदमा सर्वसम्मत नभए एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने र माथिल्लो तहले टुंगो लगाउने व्यवस्था छ ।

केन्द्रले टेलिफोनमा तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको एक जिल्ला सभापतिले बताए । ‘हामीले वडादेखि क्रमशः उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाएका छौँ, कहाँ कसको उम्मेदवारी प्रभावकारी हुन्छ भनेर छलफल भइरहेको छ, तर अहिले नै नाम नटुंग्याउन केन्द्रको निर्देशन छ,’ ती जिल्ला सभापतिले भने ।

सत्ता गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसले गठबन्धनका साझेदार दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग स्थानीय आवश्यकताअनुसार तालमेल गरेर चुनावमा भाग लिने तयारीमा छ । गठबन्धन दलहरुले स्थानीय तहसम्मै संयन्त्र निर्माण गरेर तल्ला तहको वस्तुगत अवस्थाबारे जानकारी लिँदै चुनावी तालमेलको तयारी गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय