बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विद्वान गुरुङ तरुण केन्द्रीय अध्यक्ष द्वारा निर्देशन
समाचार

विद्वान गुरुङ तरुण केन्द्रीय अध्यक्ष द्वारा निर्देशन

  • सिधा दृष्टी मङ्लबार, चैत्र २२, २०७८ | April 5, 2022

नेपाल तरुण दलले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचन र दलको सांगठनिक गतिविधिलाई ध्यानमा राख्दै नेपाल तरुण दलका सम्पूर्ण जिल्ला समितिहरुलाई तपशिल बमोजिम गर्न÷गराउन यो परिपत्र गरिएको छ ।
तपशिल :
१. आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन नेपाल तरुण दलले आफ्नो सम्पूर्ण तरुण शक्ति परिचालन गर्ने निर्णय गरेको हुँदा त्यस जिल्ला समितिले जिल्ला समिति, जिल्ला मातहतका संघीय निर्वाचन क्षेत्र, पालिका र वडा तह सम्म निर्वाचन परिचालन एवं

सहयोग समिति बनाई प्रत्येक मतदान केन्द्रहरुमा तरुण स्वयमसेवक समेत परिचालन गर्ने व्यवस्था समेत मिलाउन निर्देशन गरिन्छ ।

२. नेपाल तरुण दलको चौथो महाधिवेशनको सन्दर्भमा गठित दलको जिल्ला, संघीय निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरुमा विभिन्न जिम्मेवारीमा रही कार्य गर्दै आएका तरुण साथीहरुलाई नेपाली काँग्रेस पार्टीको १४ औँ महाधिवेशनको सन्दर्भमा त्यस जिल्लाको पार्टीको विभिन्न जिम्मेवारीमा निर्वाचित भएता पनि नेपाल तरुण दल केन्द्रीय समितिको अर्को निर्णय नभए सम्मका लागि दलको जिल्ला अध्यक्ष लगाएत विभिन्न जिम्मेवारीमा रहेका सम्पूर्ण तरुण साथीहरुलाई आ–आफ्नो जिम्मेवारीमा यथावत रही कार्य गर्ने यो परिपत्र मार्फत निर्देशन गरिएको जानकारी अध्यक्ष गुरुङ ले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय