सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अटो
  • सल्यानमा जिप दुर्घटना हुँदा एक किशोरको मृत्यु
अटो

सल्यानमा जिप दुर्घटना हुँदा एक किशोरको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, चैत्र २२, २०७८ | April 5, 2022

काठमाडौँ — सल्यानमा जिप दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

आज बिहान दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप दुर्घटना हुँदा शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षीय नारायण वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा जिपका चालक २१ वर्षका थलराज वली घाइते भएका छन् । उनी मृतक किशोरका दाई हुन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय