बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट
मुख्य खबर

बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट

  • सिधा दृष्टी मङ्लबार, चैत्र २२, २०७८ | April 5, 2022

काठमाडौँ — बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएको छ ।

नरैनापुर ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ जलेको हो । आगलागीमा चारवटा बाख्रा पनि जलेर मरेका इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।

आगलागीबाट करिब १८ लाखको क्षति भएको आङ्कलन गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मानवीय क्षति नभए पनि

घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुरका नागरिक अगुवा सोहनलाल यादवले बताए। गर्मीयाममा नरैनापुरमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय