काठमाडौँ — युक्रेनमा एक महिनाभन्दा लामो समयदेखि जारी रुसी आक्रमणमा १८ जना पत्रकार मारिएका छन् ।
गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणको रिपोर्टिङका क्रममा हालसम्म १८ जना पत्रकार मारिएको युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकार मारिएका हुन् । रिपोर्टिङका क्रममा अन्य १३ पत्रकार घाइते भएका छन् । ८ पत्रकार अपहरणमा परेको र ३ पत्रकार बेपत्ता भएको मन्त्रालयको तथ्यांक छ ।
विश्वभरका पत्रकारहरुको बारेमा जानकारी राख्ने
रिपोर्टर्स विदआउट बोर्डर्सले भने रुस–युक्रेन युद्धमा मारिएका ७ पत्रकारको तथ्यांक राखेको छ । यसैबीच अमेरिकाले रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट निलम्बन गर्न माग गरेको छ ।