काठमाडौं– नेपाल पेट्रोलियम चालक संघले आन्दोलन फिर्ता लिएको छ। विभिन्न माग राख्दै आन्दोलनमा रहेका चालक, नेपाल आयल निगम, डिपो प्रमुख र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सहमति भएपछि आन्दोलन फिर्ता भएको हो।
हिजोमात्रै आयल निगम र व्यवसायीहरुबीच सहमति भएको थियो। तर चालक आन्दोलनमा उत्रिएपछि इन्धन आपूर्ति अस्तव्यस्त भएको थियो। अहिले पनि निजी पेट्रोल पम्प बन्द नै छन्। चालकले पनि आन्दोलन फिर्ता लिएपछि भने
पेट्रोलियम पदार्थको सहज आपूर्ति हुने विश्वास गरिएको छ।
- चालकहरूले राख्दै आएका मागबारे निगमले केन्द्रीय कार्यालयमा पत्राचार गरी माग सम्बोधनका सम्बन्धमा उचित निष्कर्ष निकाल्न सम्बन्धित निकायमा यथाशीघ्र पेश गर्ने
- न्यूनतम पारिश्रमिक उपलब्ध नगराइएको लिखित जानकारी हुन आएमा महासंघले समन्वय गरी पारिश्रमिक उपलब्ध गराइदिने ।
- यसका लागि बागमती प्रादेशिक कार्यालय थानकोटले आवश्यक समन्वय गरी काम अगाडि बढाउने ।
- समस्या समाधानका लागि निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगन्जलाई पत्राचार गरी आवश्यक समन्वयनको व्यवस्था मिलाउने