शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटमाथि चैत २७ गते सुनुवाइ हुने
भर्खरै

माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटमाथि चैत २७ गते सुनुवाइ हुने

  • pranil आइतवार, चैत्र २०, २०७८ | April 3, 2022

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटमाथि चैत २७ गते सुनुवाइ हुने भएको छ।
आइतबारका लागि तोकिएको उक्त मुद्दाको सुनुवाई न्यायाधीश नहकुल सुवेदीले 'हेर्न नमिल्ने' भएपछि सारिएको हो।
यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने

भन्दै न्यायाधीश सुवेदीले 'हेर्न नमिल्ने' उल्लेख गरेका हुन्।

एमालेको आन्तरिक अनुशासन तोडेको भन्दै ओलीले नेपालसहित १४ सांसदलाई कारबाही गर्न सभामुखसमक्ष सिफारिस गरेका थिए। तर उक्त सिफारिसमाथि कारबाही नहुँदै नेपालले नयाँ दल दर्ता गराएपछि ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय