बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनलाई सहयोग दिने घोषणा
समाचार

अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनलाई सहयोग दिने घोषणा

  • सिधा दृष्टी शनिबार, चैत्र १९, २०७८ | April 2, 2022

काठमाडौँ — अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सुरक्षा सहयोग प्रदान गर्ने भएको छ । शुक्रबार अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनलाई सहयोग दिने घोषणा गरेको हो । नयाँ योजनासँगै अमेरिकाले युक्रेनलाई दिने समग्र सैन्य सहयोग २ अर्ब ३० करोड डलर नाघेको छ ।

अहिले अमेरिकाले घोषणा गरेको सहयोगमा आत्मघाती ड्रोन, एन्टि ड्रोन प्रणाली, सैन्य गाडीहरु, नाइट भिजन उपकरण, गोलाबारुदलगायतका सहयोग समावेश छन् ।

युक्रेनमाथि रुसले फेब्रुअरी २४ यता निरन्तर आक्रमण गर्दै आएको छ । यस्तोमा रुससँग लड्नको लागि युक्रेनले पश्चिमा मुलुकसँग

सहयोग माग्दै आएको छ । यद्यपि पछिल्लो केही समययता युक्रेनमा रुसको आक्रमण केही कम भए पनि पूर्वी क्षेत्रमा उसले आक्रमण बढाउने सक्ने आशंका बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय