शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
समाचार

रुखले लागेर एक जनाको मृत्यु

  • सिधा दृष्टी शनिबार, चैत्र १९, २०७८ | April 2, 2022

काठमाडौँ — रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा शुक्रबार रुखले लागेर एक जनाको मृत्यु भएको छ । काट्दै गरेको रुखले लागेर इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख शुक्रबार दिउँसो ढाल्ने क्रममा उनलाई लागेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

सन्दकपुर गाउँपालिकाका ३२ वर्षीय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका–४ का स्थानीय सन्तबहादुर राई र कुवेर राईले ढाल्दै गरेको रुखले

लालबहादुर गुरुङलाई लागेको हो ।

के कारणले घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अनुसन्धानकै क्रममा ठेक्कामा बगान लिएर रुख कटाउने सन्दकपुरका सुवास राई र रुख काट्ने इलाम नगरपालिका–४ का सन्तबहादुर र कुँवेरलाई नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय