आइतवार, मंसिर ११, २०७९ | Sunday 27th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • शुक्रबार देशभर २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
मुख्य खबर

शुक्रबार देशभर २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

  • सिधा दृष्टी शनिबार, चैत्र १९, २०७८ | April 2, 2022

काठमाडौँ — शुक्रबार देशभर २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ८३५ जनामा परीक्षण गर्दा २४ जनामा मात्र कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २२ छ । पछिल्लो समय ७५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या ९ लाख ६५ हजार ४६९ पुगेको छ । यो भनेको निको हुने दर ९८.७ प्रतिशत हो ।

शून्य सङ्क्रमित रहेका जिल्लाहरूमा सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर,

चितवन, नुवाकोट, दोलखा, मनाङ, मुस्ताङ, पूर्व रुकुम, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्ला छन् । नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत छ ।

हाल होम आइसोलेसनमा ९७१, संस्थागत आइसोलेसनमा ५१, आईसीयूमा १३ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदै छ । शुक्रबार पछिल्लो २४ घण्टामा ५९ हजार ५४३ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय