आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ललितपुरको ग्वार्को गयराति ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु
समाचार

ललितपुरको ग्वार्को गयराति ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • सिधा दृष्टी शनिबार, चैत्र १९, २०७८ | April 2, 2022

काठमाडौँ — ललितपुरको ग्वार्को गयराति ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका ७ ग्वार्कोमा शुक्रबार राति बा २ ख ६५१० नम्बरको ट्याङ्करले उनलाई ठक्कर दिँदा ललितपुरकै मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका महर्जनलाई उपचारको लागि पाटन अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्यांकर चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय