शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अटो
  • काठमाडौँमा पेट्रोल पम्पहरुमा सवारीमा तेल भर्नेहरुको चाप बढेको छ
अटो

काठमाडौँमा पेट्रोल पम्पहरुमा सवारीमा तेल भर्नेहरुको चाप बढेको छ

  • सिधा दृष्टी शनिबार, चैत्र १९, २०७८ | April 2, 2022

काठमाडौँ — काठमाडौँमा पेट्रोल पम्पहरुमा सवारीमा तेल भर्नेहरुको चाप बढेको छ । पेट्रोलियम पदार्थको अभाव चर्किने र मूल्य बढ्ने अवस्था देखिएपछि शनिबार बिहानदेखि पेट्रोल पम्पहरुमा सवारीहरुको लामा लाइनहरु लागेको छ ।

काठमाडौँमा धेरैजसो पेट्रोलपम्पमा तेल भर्न बसेका धेरैजसोमा आशंका पेट्रोलियम ढुवानी रोकिएकाले शनिबारबाट तेल नपाइने होकि भन्ने आंशका थियो । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरुले किन्ने सबै

प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । यसका कारण शुक्रबार पम्पहरुले निगमको डिपोबाट तेल ल्याउन पाएनन् ।

शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आज–भोलि नै मूल्य बढ्ने आशंकाले तेल हाल्न लाइनमा बस्नेहरु छन् । पम्पमा लाइन लागेको देखेपछि अन्य सवारीहरु इन्धन अभाव हुने डरले जोहोमा लागेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय