आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्
समाचार

पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्

  • सिधा दृष्टी शुक्रबार, चैत्र १८, २०७८ | April 1, 2022

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्लीतर्फ गएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय