बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रुसी सेनाले चेर्नोबिल आणविक प्लान्ट छोडे
समाचार

रुसी सेनाले चेर्नोबिल आणविक प्लान्ट छोडे

  • सिधा दृष्टी शुक्रबार, चैत्र १८, २०७८ | April 1, 2022

काठमाडौँ — रुसी सेनाले चेर्नोबिल आणविक प्लान्ट छोडेको बताएको जानकारी दिएको छ । रुसको सेनाले चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण युक्रेनका कर्मचारीलाई सुम्पिएको बताएको छ । संयन्त्रमा रहेका कर्मचारीले त्यहाँ कोही बाहिरी व्यक्ति नभएको बताएका छन् । यद्यपि, यसको पुष्टि भने गर्न नसकिने बताएको छ ।

रुसको सेनाले युद्धको सुरुवातमा चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण आफ्नो हातमा लिएको थियो । यद्यपि, संयन्त्रको सञ्चालनका लागि युक्रेनका कर्मचारी त्यहाँ राखिएको थियो ।चेर्नोबिल त्यो स्थान हो जहाँ सन् १९८६ मा भयानक परमाणु त्रासदी भएको थियो

। यहाँ अब कुनै परमाणु रियाक्टर छैन तर यसको प्रबन्धनको आवश्यकता भने पर्छ । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय