आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्
पर्यटन

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्

  • सिधा दृष्टी शुक्रबार, चैत्र १८, २०७८ | April 1, 2022

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् ।

तीनदिने भ्रमणका लागि केही बेरमा नयाँदिल्ली अवतरण गर्न लागेका प्रधानमन्त्री देउवासहितको भ्रमणटोलीको स्वागतमा राज्यमन्त्री भट्टले स्वागत गर्ने भएका हुन् । प्रधानमन्त्री देउवाको स्वागतमा दिल्ली विमानस्थलमा बोर्डहरू पनि राखिएका छन् ।

देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका छन् ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध

खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन् ।

प्रधानमन्त्री देउवाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग आज होटल आइटीसी मौर्यमा भेटवार्ता गर्ने छन् । शनिबार देउवाले विहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ ।

शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । र हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदान र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ ।

सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । आइतबार ९ बजे देउवा वाराणसी पुग्ने छन् भने त्यहाँ कार्यक्रममा सहभागी हुने छन् ।

वाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कने छन् । भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौँका लागि फर्कने कार्यतालिका रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय