शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कांग्रेसको चार तहको संसदीय संसदीय समिति हुन्छ
मुख्य खबर

कांग्रेसको चार तहको संसदीय संसदीय समिति हुन्छ

  • सिधा दृष्टी शुक्रबार, चैत्र १८, २०७८ | April 1, 2022

काठमाडौँ — कांग्रेस केन्द्रीय समिति बैठकको दुई प्रमुख एजेन्डामध्ये एकटा केन्द्रीय संसदीय समिति गठनसम्बन्धी थियो ।काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगन्ज ६ वटा महानगरपालिकाको प्रमुख र उपप्रमुख गरी १२ जना उम्मेदवारको टुंगो लगाउने केन्द्रीय संसदीय समिति गठन नहुँदा विधानअनुसार निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नु एक महिनाअगावै उम्मेदवार घोषणा गर्ने कार्य प्रभावित भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति वैशाख ११ र १२ गते तोकेको छ । कांग्रेसको चार तहको संसदीय संसदीय समिति हुन्छ । प्रतिनिधिसभा संसदीय समिति, जिल्ला संसदीय

समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति ।

प्रतिनिधिसभा संसदीय समितिले स्थानीय तहको वडा अध्यक्ष र वडा सदस्यको उम्मेदवारको घोषणा गर्छ भने जिल्ला संसदीय समितिले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार अनुमोदन गर्छ । प्रदेश संसदीय समितिलाई नगरपालिका र उपमहानगरपालिको प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको अनुमोदन गर्ने अधिकार दिइएको छ । केन्द्रीय संसदीय समिति मात्र हैन प्रदेश, जिल्ला र क्षेत्रीय संसदीय समिति पनि गठन गर्न नसकेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय