बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपति पुटिन पहिला जति शक्तिशाली थिए त्यो अहिले रहेनन्
समाचार

राष्ट्रपति पुटिन पहिला जति शक्तिशाली थिए त्यो अहिले रहेनन्

  • सिधा दृष्टी शुक्रबार, चैत्र १८, २०७८ | April 1, 2022

काठमाडौँ — बेलायतका रक्षामन्त्री वेन वालेसले युक्रेनमाथि हमलाका कारण रुस एक कमजोर मुलुक भएको बताएका छन् । स्काई न्युजसँग कुराकानी गर्दै उनले भने, ‘राष्ट्रपति पुटिन पहिला जति शक्तिशाली थिए त्यो अहिले रहेनन् । अब उनी आफैँले बनाएको पिँजडामा कैद भएका छन् । उनको सेना थाकिसकेको छ र उनी आफैंलाई पनि असाध्यै क्षती भएको छ । रुसको शक्तिशाली सेनाको प्रतिष्ठा खस्किएको छ । उनीहरुले युक्रेनलाई जे जति गरे त्यसको पीडा उनीहरुले भोग्ने मात्रै होइन उनीहरुले आफ्नो सेनामाथि जे गरे त्यसको परिणाम

पनि उनीहरुले भोग्नुपर्नेछ ।

वालेसका अनुसार रुसको सेना अब दक्षिणी र पूर्वी युक्रेनमा आफ्नो ध्यान केन्द्रीत गर्नेछ । उनले भने, ‘हामीले यो पहिला पनि देखेका छौँ । यो थप खराब हुँदै जानेछ । यसमा आवासीय इलाकामा थप हमला हुन्छन् । उनले अन्तरराष्ट्रिय सहयोगी युक्रेनलाई थप सैन्य उपकरण र मद्दत गर्नका लागि सहमत छन् । यसमा बख्तरबन्द वाहन र धेरै टाढासम्म मार हान्ने हतियार र गोलाबारुद समावेश छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय