शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ
समाचार

पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ

  • सिधा दृष्टी शुक्रबार, चैत्र १८, २०७८ | April 1, 2022

काठमाडौँ — पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १९१ को अवस्थामा पुगेको छ । पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो । अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका कप्तान बाबर आजमले ११४ रनको शतकीय इनिङ खेले ।

यस्तै इमाम उल हकले १०६ तथा फखर जमानले ६७ रनको योगदान गरे ।

अष्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो । अष्ट्रेलियाका बेन म्याकडेरमोटले सर्बाधिक १०४ रन बनाए । यस्तै टार्भिस हेडले ८६ रन जोड्दा मार्नुसले ५९ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा मोहमद वासिमले २ विकेट लिए । तेस्रो खेल शनिबार हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय