शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • गशिप
  • सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो : अभिनेत्री करिश्मा मानन्धर
गशिप

सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो : अभिनेत्री करिश्मा मानन्धर

  • सिधा दृष्टी बिहिबार, चैत्र १७, २०७८ | March 31, 2022

काठमाठौँ — कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताइन् । उनको यो अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो । राजनीतिक वृत्तदेखि फिल्म नगरीसम्म करिश्माको कपिलवस्तु कथनलाई लिएर गसिप बने । कतिपयले उनको यो भनाइलाई लिएर व्यंग्य समेत गरे । कतिपयले करिश्माको छातीमा खोपिएको ट्याटुलाई लिएर सामाजिक सञ्जालमा ट्रोल गरे ।

गत साता आफू प्रवेश गरेको दल एमालेको सान्दर्भिकता र महत्व पुष्टि गर्न करिश्माले भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले

सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्नेछ । लालसलाम ।’ अहिले करिश्माले आफूविरुद्ध भएका कटाक्षबारे टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय

<